arrow

फुटबल खेलाडीलाई प्रोत्साहन रकम उपलब्ध गराउने, यस्ता छन् मन्त्रिपरिषद्को निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
gyandra-karki-press-meet.jpg
तस्बिर : रासस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिप प्रतियोगिता उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले साफ च्याम्पियनसिप प्रतियोगिता उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख र प्रशिक्षकलाई रु तीन लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदै छ ।

यसै गरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अबुधाबी डाइलगको  छैटौँ मन्त्री स्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय भएको उनले बताए । 

बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ