arrow

बाढी पहिरो प्रभावितको उद्धार र राहतमा तत्काल ध्यान दिन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
deuwa.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितको उद्धार तथा उनीहरूलाई राहतको व्यवस्था तत्काल गर्ने गरी वातावरण बनाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन्।

आज मङ्गलवार सरकारी निवास बालुवाटार बोलाएरै प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई बाढी पहिरो पीडितको समस्यामा तत्काल ध्यान दिन भनेका हुन्।

गत शनिवार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा जारी वर्षकाका कारण जनधनको क्षति भइरहेको र थप क्षति हुन सक्नेतर्फ पनि ध्यान दिन प्रधानमन्त्रीले गृहमन्त्रीलाई भनेका हुन्।

वर्षाका कारण नेपालको पश्चिमी क्षेत्र बढी प्रभावित भइरहेको छ । महाकाली, कर्णाली र सेती नदीमा आएको बाढीले पश्चिम क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।

यस्तै तराइ क्षेत्रमा भित्राउने तयारीमा रहेको धानवालीलाई वर्षाका कारण असर पुर्‍याएको छ।

वर्षाका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको छ।



लोकप्रिय समाचार
नयाँ