arrow

यस वर्ष पनि एमालेले चियापान कार्यक्रम नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा (एमाले)ले यस वर्ष पनि दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

यसअघि नेपाली काँग्रेसले पनि यस पटक चियापान नगर्ने निर्णय गरिसकेको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गत वर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । 

काँग्रेसले २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ