arrow

देउवा सरकारको १०० दिन : २४ उपलब्धि सार्वजनिक, ३२ दशमलव ६ प्रतिशतले लगाए पूर्ण खोप (अन्य उपलब्धि केके ?)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
pm 100 din.jpg

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक सय दिन पुगेको छ। २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितका पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व देउवाले लिएका थिए।

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाको सचिवालयले सय दिनका सरकारका उपलब्धि सार्वजनिक गरेको हो।

देउवा नेतृत्वको सरकारले एक सय दिनमा केके गर्‍यो त ? उनको सचिवालयले सार्वजनिक गरेको यी उपलब्धि हेरौँ। 

१.    सन्तुलित “नेपाल पहिला’ परराष्ट्र नीति

२.    सफल खोप कूटनीति

३.  एक करोड ५० लाख खोप व्यवस्थापन

४.  लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए

५.  लगानीमैत्री वातावरणको सृजना

६.  निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम

७.  कोभिडको मारमा परेका उद्योगी- व्यवसायीलाई राहत प्याकेज

८.  प्रभावकारी रूपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन

९. चुस्त सुरक्षा व्यवस्था

१०.  प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

११.  राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि

१२.  स्टार्टअप व्यावसायिकई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार

१३.  विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि

१४.  सडक तथा यातायातको पहुँच विस्तार

१५.  देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार

१६.  सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको

१७.  विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको

१८.  सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु

१९.  दुरगम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निगको प्रक्रिया सुरु

२०.  प्राकृतिक विपत्तिमा तत्काल रेस्पोन्स

२१.  क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय

२२.  अति विपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिने घोषणा

२३.  युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा

२४.  साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरूप जनही रु ५ लाख दिने घोषणा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ