arrow

झलनाथले फोन गरे पछि सहारा न्यौपाने पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नियुक्त हुँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
sahara-neupane-pashupati-bikash-kosh-.jpg
तस्बिर : सहारा न्यौपानेको फेसबुकबाट

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एस)का नेता झलनाथ खनालको सिफारिसमा पर्यटन तथा संस्कृति मन्त्रालयले विज्ञलाई नियुक्त गर्नु पर्ने ठाउँमा एक असम्बन्धित व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष जस्तो संवेदनशील पदमा नियुक्त गर्ने भएको छ। 

स्रोतका अनुसार नेता खनालले नेकपा (एस)ले बनाएको राज्य व्यवस्था समितिको संयोजक राजेन्द्र पाण्डेलाई फोन गरेरै सहारा न्यौपानेलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्न दबाब दिएका थिए। मन्त्रालयले आज भोलि नै सहारालाई नियुक्त गर्न लागेको स्रोतको भनाइ छ।

नेकपा (एस)ले पाएको मन्त्रालयमा गरिने राजनीतिक नियुक्तिहरूमा पार्टीले बनाएको राज्य व्यवस्था समितिको सिफारिस अनिवार्य हुनुपर्ने नियम नेकपा (एस)ले बनाएको छ। 

उक्त राज्य व्यवस्था समितिले न्यौपानेलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्न पर्यटन मन्त्रालयलाई सिफारिस गरिसकेको स्रोतको दाबी छ। सो सिफारिस पर्यटन मन्त्री प्रेम आलको टेबुलमा पुगिसकेको छ। 

डा मिलन थापाको पदावधि सकिए पछि रिक्त ठाउँमा सरकारले न्यौपानेलाई नियुक्त गर्न लागेको हो। थापाको नियुक्ति कोषको सदस्य सचिवमा यसअघि नै गरिएको छ। कानुन अनुसार कोषको सदस्यसचिव र कोषाध्यक्षमा नियुक्त गर्दा सम्बन्धित व्यक्ति सम्बन्धित क्षेत्रमा अनुभवी र विज्ञ हुनु जरुरी छ। तर न्यौपाने त्यस क्षेत्रमा विज्ञ र अनुभवी छैनन्।

सहाराका पति शिवराम न्यौपानेलाई तत्कालीन झलनाथ खनाल नेतृत्व सरकारले २०६७ सालमा नेपाल बायु सेवा निगमको कार्यकारिणी पदमा नियुक्त गरेको थियो। न्यौपानेको पालामा उक्त एयरलाइन्स डुबेको थियो। स्रोतका अनुसार,  केपी ओली प्रधानमन्त्री भएको बेला खनालले सहारा न्यौपानेलाई कुनै एक देशको राजदूत बनाउन दबाब दिएका थिए तर ओलीले खनालको आग्रहलाई बेवास्ता गरे। ‘ओली र खनालवीच सम्बन्ध बिग्रनमा यो पनि एउटा कारण थियो’स्रोतको दाबी छ। 

कानुन अनुसार मन्त्रालय स्तरीय निर्णयबाट कोषको सदस्यसचिव र कोषाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ। सत्तारुढ दलहरूबिचको भागबन्डामा पर्यटन मन्त्रालय नेकपा (एस)ले पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ