arrow

सुदूरपश्चिम पुगे प्रधानमन्त्री : बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोका कारण क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षणका लागि सुदूरपश्चिम पुगेका छन्।

प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत डोटी, डडेलधुरा, बझाङ, बैतडी, कैलाली र कञ्चनपुरका बाढी पहिरो क्षतिग्रस्त क्षेत्रको अवलोकनका लागि त्यसतर्फ गएका हुन्।

अहिले उनी डोटीको दिपायल पुगेर त्यहाँ बाढी तथा पहिरोले पुर्‍याएको क्षतिबारे ब्रिफिङ लिइरहेका छन्।

त्यहाँबाट उनी नेपाली सेनाको हेलिकप्टरमार्फत नै बझाङको चैनपुर जाने कार्यक्रम छ। त्यहाँबाट देउवा बैतडीको ढुंगाडको अवस्था अवलोकनका लागि जाने छन्।

त्यसपछि देउवा त्यहाँबाट फर्किएर गृह जिल्ला डडेलधुरा सदरमुकाम जाने छन्। त्यहाँ खाना खाएपछि उनी जोग बुढा पुग्ने छन् ।

त्यसपछि प्रधानमन्त्री देउवा कञ्चनपुर जाने कार्यक्रम तय भएको छ। कञ्चनपुरमा उनले दोधारा-चाँदनीले पुर्‍याएको क्षतिको अवलोकन गर्ने छन्।

त्यसपछि उनी कैलालीको धनगढी जाने छन्। ती जिल्लामा बाढी तथा पहिरोले पुर्‍याएका क्षेत्रमा स्थलगत अवलोकन गर्दै अवस्थाकोबारे ब्रिफिङ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवा शुक्रवार काठमाडौँ फर्किने कार्यक्रम छ।



लोकप्रिय समाचार
नयाँ