- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एमाले पार्टीकोले दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय भएको छ। यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने आज बसेको स्थायी कमिटी बैठकले निर्णय गरिएको हो।
महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ। सो कमिटीमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, राजन भट्टराई, कृष्णभक्त पोखरेल, आनन्द पोखरेल, पार्वती रावल, देवी ज्ञवाली लगायतका नेताहरू समेटिएका छन्।
माओवादी अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले माओवादीकै पूर्व नेता थापाको संयोजकत्वमा समिति गठन गरिएको हो। विधान महाधिवेशनले भावनात्मक एकताको सन्देश प्रवाह गरेको छ।