arrow

मन्त्री बडूले डेढ दर्जन एमाले कार्यकर्तालाई गराए काँग्रेस प्रवेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
badu.jpg

दार्चुला । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले डेढ दर्जन एमाले कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराएका छन् ।  बिहीबार जिल्ला सदरमुकाम खलङ्गामा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा कानून न्याय नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका बडूले डेढ दर्जन कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराएका हुन् ।  

स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्यका उम्मेदवार महाकाली नगरपालिका वडा नम्बर ७ का गणेशराम तिरुवा र सुनिता कोलीसहित १८ जनाले पार्टी प्रवेश गरेका हुन् । 

नेपाली काँग्रेस पार्टी सचिव हरक सिंह विष्टका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेबाट गणेशराम चुनारा, धिपभान कोली, देवराम कोली, जोगाराम चुनारा, नरेशराम चुनारा, दानीराम चुनारा, आशा सदा शङ्कर, मिना निरौला, सरला कुमारी रसाइली, सुस्मा देवी निरौला, बसन्ती निरौला, लवराज निरौला, वसन्ती निरौला, ईन्द्रकली निरौला रहेका छन् । यस्तै प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रबाट अमृता निरौला, प्रिया निरौला र नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य विनोद निरौला लगायत कार्यकर्ताहरू रहेका छन् ।

 उनीहरूलाई मन्त्री बडूले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ