arrow

मुम्बईमा नेपालीलाई निःशुल्क कोभिड खोप लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौँ । भारतको मुम्बईमा नेपाली नागरिकलाई  निःशुल्क रूपमा कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । अक्टोबर ३० अर्थात् कात्तिक १४ गते नेपालीहरूलाई खोप लगाइने भएको हो ।

मुम्बईको सेन्ट्रल रेलवे स्टेसन नजिक महालक्ष्मी, हाजी अलि कोलनी, केशवराव खाडे मार्ग स्थित एसआरसीसी चिल्ड्रन्स अस्पतालमा खोप लगाइने छ ।

खोप लगाउन जाने नेपाली नागरिकहरूले आफूसँग भएको आधार कार्ड,प्यान कार्ड, पासपोर्ट या नेपाली नागरिकतामध्ये कुनै एक परिचयपत्र लगेर खोप लगाउन सक्ने छन् ।

खोप बिहान १० बजेदेखि २ बजेसम्म लगाउन सकिनेछ । यस विषयमा थप बुझ्नका लागि खोप कार्यक्रमका लागि काम गरिरहेका एलपी पाण्डेलाई सम्पर्क गर्न सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ