arrow

अर्घाखाँचीमा एमालेको वडा अधिवेशन भइरहँदा पार्टी छोडेर एक सय ६४ कम्युनिस्ट कार्यकर्ता आए काँग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
arghakhanchi-uml-to-congess-kartik-2078.jpg

अर्घाखाँची। नेकपा एमालेको वडा अधिवेशनकै दिन काँग्रेसले एक सय ६४ जना एमाले सहितका कम्युनिस्ट कार्यकर्तालाई पार्टीमा भित्राएको छ। दुर्गा फाँटमा एकातिर एमालेले वडा अधिवेशन गरिरहँदा अर्कोतिर नेपाली काँग्रेसले एमाले सहितका कम्युनिस्ट कार्यकर्तालाई पार्टी प्रवेश कार्यक्रम राखेको थियो। पार्टी प्रवेश कार्यक्रमले पाणिनी गाउँपालिकामा नेकपा एमालेको वडा अधिवेशन फिका भएको छ।

जिल्लाको पाणिनी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरी १ सय ६४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्। पाणिनी गाउँपालिका-३, खिदम लगायतका विभिन्न वडाबाट अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्। काँग्रेसमा प्रवेश गरेका १ सय ६४ जनालाई काँग्रेसका केन्द्रीय सदस्य तथा काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल, पार्टी सभापति विष्णु (मुस्कान), पूर्व सभापति कमलप्रसाद भुसाल लगायतले अबिर, माला र काँग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, सहसचिव इन्सु मिया, महासमिति सदस्य सूर्यप्रसाद अधिकारी, यादवप्रसाद घिमिरे, केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल, पाणिनि सभापति तुलसी पौडेल लगायत नेपाली काँग्रेस जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, काँग्रेस भातृ तथा शुभेच्छुक संस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रम काँग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतित्वमा सम्पन्न भएको हो। नेपाली काँग्रेसका सचिव पदका उम्मेदवार तथा गाउँपालिका अध्यक्ष अच्युत गौतमको पहलमा पार्टी प्रवेश कार्यक्रम भएको हो।

यसअघि पनि गौतमकै पहलमा कैयौँले पार्टी प्रवेश गरिसकेका छन्। पालिकामा प्रभाव राख्दै आएका गौतमले पार्टीलाई बलियो बनाउँदै लगेका कार्यकर्ताहरू बताउँछन्। उनी पालिका अध्यक्ष बनेपछि पाणिनी गाउँपालिकाबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता काँग्रेस प्रवेश गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ