- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । देशभर शनिबारबाट शुरु भएको नेकपा एमालेको वडा अधिवेशन हुम्लामा पनि भएको छ । ४४ वटा वडा भएको हुम्लामा २० वटा वडाहरू निर्विरोध वडा कमिटी चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरिका वडामा भर्चुअल प्रविधिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको भए पनि हुम्लामा इन्टरनेटको समस्याका कारण आफ्नै किसिमले वडा अधिवेशन शुरु गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलले बताए ।
अहिलेसम्म जिल्लाका ४४ वटा वडामध्ये २० वटा वडामा निर्विरोध नेतृत्व चयन भएको उनले जनाए । जसमा सिमकोट गाउँपालिकाको वडा नंं ५ र ७, खार्पुनाथ १ र २, सर्केगार्डको ३, ४, ५, ७ र ८ चंखेलीको ५ र ६, अदानचुलीको १, २, ३, ४, ५ र ६ र तांजाकोटको १, २ र ३ नम्बर वडा गरी २० वडाको अधिवेशनबाट नेतृत्व चयन भएको छ ।
एमालेको वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी पाँच जना पदाधिकारी र २६ जना सदस्य गरी ३१ सदस्य वडा कमिटी अधिवेशनबाट चयन गर्नुपर्ने प्रावधानअनुसार पहिलो पटक नेकपा एमालेले आफ्नो विधानमा व्यवस्था भए बमोजिम ३३ प्रतिशत महिनालाई समेटेको छ ।
एमालेले एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन शुरू गरेको हो । सोहीअनुसार हुम्लाका २० वडामा अधिवेशन सम्पन्न भएको र २४ वडामा पनि एक दुई दिनमै अधिवेशन सम्पन्न हुने अध्यक्ष रावलले बताए ।