arrow

दार्चुलामा कार्तिक ११ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
corona-vaccine-covid.jpg

दार्चुला । दार्चुलामा बिहीबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज लगाइने भएको हो ।

दार्चुलामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा लगाएका नागरिकहरूलाई कार्तिक ११ गतेदेखि कार्तिक १५ गतेसम्म (५ दिन) खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । 

खोपको पहिलो मात्रा लगाएकाहरूलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ । जिल्लाका ९२ ओटा खोप केन्द्रबाट खोप दिइनेछ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलामा ३७ हजार ९ सय ९९ नागरिकले पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ