arrow

दार्चुलामा कोरोना संक्रमित शून्य

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
darchula-corona.JPG

दार्चुला । हिमाली जिल्ला दार्चुलामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा कोरोना संक्रमित शून्य देखिएको हो । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि जिल्लामा गत चैत २७ गते पहिलो सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड र खोपका कारण सङ्क्रमण शून्यमा झरेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । 

केही दिन देखि पोजेटिभ केस फेला नपरेको दार्चुलामा कार्तिक ५ गतेसम्म गरिएको परीक्षणको तथ्याङ्क अनुसार नयाँ केस फेला नपरेको उनले बताए । अहिले खासगरि सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्क मार्फत कोरोना परीक्षण भइरहेको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार दार्चुलामा हालसम्म ७ सय ८८ पुरुष र ४ सय ६३ महिला गरि १ हजार २ सय ५१ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ । 

यस्तै दार्चुलामा ३७ हजार ९ सय ९९ जनाले पूर्ण खोप पाएका छन् । १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले भेरोसेलको पहिलो मात्रा लगाइ सकेका छन् । उनीहरूलाई यही कात्तिक ११ देखि १५ गतेसम्म खोपको दोस्रो मात्रा लगाइँदै छ । 

जिल्लामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ