दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोहको ८८ वर्षको उमेरमा निधन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
995
Shares
काठमाडौँ । सैन्य कुमा सामेल भएर पछि चुनाव जितेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह ताइ–वूको ८८ वर्षको उमेरमा मङ्गलवार निधन भएको छ।
सियोल नेशनल युनिभर्सिटी अस्पतालले उपचारका क्रममा पूर्व राष्ट्रपति रोहको निधन भएको जानकारी दिएको छ । रोह सन् १९७९ को सैन्य कुका मुख्य संलग्न कर्ता मानिन्छन् ।
यद्यपि त्यसपछि उनले प्रजातान्त्रिक निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २००२ देखि नै स्वास्थ्य अवस्था बिग्रेका रोहको पछिल्लो स्वास्थ्य अवस्थाबारे थप जानकारी भने अस्पतालले दिएको छैन ।
सन् १९८७ मा रोह दक्षिण कोरियामा स्पष्ट निर्वाचनबाट चुनिएका राष्ट्रपति बनेका थिए। यद्यपि रोहमाथि भ्रष्टाचार र अन्य मुद्दाहरू लागेसँगै जेल पनि परेका थिए ।