arrow

टी–२० विश्वकपः वेष्ट इन्डिजको विजोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
iplt20-west-indies.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले लगातार दोस्रो हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिज दोस्रो खेलमा मंगलबार दक्षिण अफ्रिकासँग पराजित भएको हो । 

यूएईको दुबईमा भएको खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १४४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा एडिन मार्क्रमले नटआउट रहँदै ५१ रन बनाए । रस्सी भान डेर डुसेनले नटआउट रहँदै ४३ रन बनाए । त्यस्तै रिजा हेन्ड्रिक्सले ३९ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेनले १ विकेट लिए ।

वेष्ट इन्डिजको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको नोक्सानीमा १४३ रन बनाएको थियो । इभिन लेविसले ५६ तथा कप्तान केइरन पोलार्डले २६ रन बनाए । 

लेन्डल सिमोन्सले १६ तथा टी–२० का आक्रामक खेलाडी क्रिस गेल र निकोलस पुरनले समान १२–१२ रन बनाए ।

दक्षिण अफ्रिकाका ड्वाने प्रिटोरिउसले ३ तथा केशव महाराजले २ विकेट लिए ।

अंक समीकरण 
यो हारसँगै वेष्ट इन्डिजको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । वेष्ट इन्डिजले लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा वेष्ट इन्डिज इङ्गल्याण्डसँग ६ विकेटले पराजित भएको हो । उसले विश्वकप इतिहासमै इङ्गल्याण्डसँग पहिलो हार बेहोरेको हो । 

जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

समूह १ मा इङ्गल्याण्ड, श्रीलंका, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान २ अंक छ । बंगलादेश र वेष्ट इन्डिज अंकविहीन छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ