arrow

लयमा पाकिस्तान, भारतपछि न्यूजिल्याण्ड पनि डगमगायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
iplt20-pakistan-20217.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान लयमा देखिएको छ । पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा दावेदार भारतलाई १० विकेटले हराएर इतिहास रचेको पाकिस्तानले दोस्रो खेलमा अर्को दावेदार न्यूजिल्याण्डलाई पनि पराजित गरेको हो । 

यूएईको शारजाहमा मंगलबार राति भएको खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।

लगातार दोस्रो जितसँगै पूर्व च्याम्पियन पाकिस्तान उपाधि होडमा अगाडि देखिएको छ । न्यूजिल्याण्डले भने हारबाट विश्वकपको शुरुआत गरेको छ ।

पाकिस्तानको इनिङ्स
न्युजिल्याण्डले दिएको १३५ रनको मध्यम विजयी लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । 

पाकिस्तानको जितमा ओपनर मोहमद रिजवानले ३४ बलमा ३३ रन जोडे । आसिफ अलीले १२ बलमा नटआउट रहँदै २७ रन बनाए । 

त्यस्तै शोइब मल्लिकले २० बलमा नटआउट रहँदै २६ रन बनाए । यस्तै फखर जमान, मोहम्मद हाफिज र इमाद वासिमले समान ११ रन बनाए । कप्तान बाबर आजम ९ रनमा आउट भए ।

न्यूजिल्याण्डका इश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए ।

न्यूजिल्याण्डको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ८ विकेटको नोक्सानीमा १३४ रन बनाएको थियो ।

डारिल मिचेल र डेभोन कोन्वेले समान २७–२७ रन जोडे । कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।

पाकिस्तानका हरिस राउफले सर्वाधिक ४ विकेट लिए । प्लेयर अफ द म्याच राउफले ४ ओभरमा २२ रन खर्चेर उक्त सफलता हासिल गरेका हुन् । 

भारतलाई पराजित गर्दा ३ विकेट लिएका शहीन साह अफ्रिदीले १ मेडन राख्दै २१ रन दिएर १ विकेट मात्र लिए । 

त्यस्तै इमाद वासिम र मोहमद हाफिजले पनि १–१ विकेट लिए ।

अंक तालिका
जितसँगै समूह २ को खेलमा पाकिस्तान सेमिफाइनल नजिक पुग्न थालेको छ । उसले शतप्रतिशत खेल्ने क्रममा २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

एक खेलबाट अफगानिस्तान २ अंकसहित दोस्रो स्थानमा रहेको छ । न्यूजिल्याण्ड, भारत र स्कटल्याण्ड पहिलो खेल हार्दै अंकविहीन छन् । पहिलो पटक सुपर १२ मा पुगेको नामिबियाले अहिलेसम्म खेलेको छैन । 

न्युजिल्याण्ड अंक विहीन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ