- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं।
नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा २७ कार्तिकबाट वडा अधिवेशन शुरु गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार १३ जिल्लामा वडा अधिवेशनको प्रक्रिया २७ कार्तिकबाट शुरु हुने भएको हो। यो प्रस्ताव निर्वाचन समितिले पार्टी समक्ष गर्ने छ।
बुधबार बसेको निर्वाचन समितिको बैठकको निणर्य अनुसार ३० कात्तिकमा १३ जिल्लामा पालिका अधिवेशन हुनेछ। यस्तै ३ मंसिरमा प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन, ६ मंसिरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन, १० मंसिरमा जिल्ला अधिवेशन तय गरिएको छ।
यस्तै १६ र १७ मंसिरमा सात वटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने गरी मिति तय गरिएको छ।
यी सबै मिति अधिवेशन हुन बाँकी सबै जिल्लामा एकरुपताका साथ लागू गरिने समितिका संयोजक यादवले जानकारी दिए।
‘जहाँ अधिवेशन भयो त्यहाँ सकियो, जहाँ भएको छैन त्यहाँ सबै अधिवेशन नयाँ मितिमा हुन्छ,’ यादवले हाम्राकुरासँग भने।
प्रदेश २ का आठ जिल्ला सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरीसहित सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा कांग्रेसले अझै वडा अधिवेशन गर्न सकेको छैन। तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ।
यस्तै १६ र १७ मंसिरमा सात वटै प्रदेशमा अधिवेशन गर्ने गरी मिति तय गरिएको छ।
केन्द्रीय महाधिवेशन भने २७ मंसिरबाट २९ गतेसम्म गर्ने गरी कार्यतालिका बनाइएको छ।