arrow

प्रधानन्यायाधीशले तोके ८ इजलास: आफू विरुद्ध रहेका न्यायाधीशलाई पनि इजलासको जिम्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
cholendra1.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि ८ वटा इजलास तोकेका छन्। यसअघि एकल इजलास तोकेका प्रधानन्यायाधीश जबराले आज भने आफ्नो कुनै पनि एकल इजलास तोकेका छैनन्।

उनले आजका लागि डा. कुमार चुडालसँग संयुक्त इजालस तोकेका हुन्। यसैगरी प्रधानन्यायाधीश जबराले आफू विरुद्ध रहेका न्यायाधीशहरूलाई पनि इजलासको जिम्मेवारी दिएका छन्।

उनले अन्य इजलासको पेसी न्यायाधीशहरू दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा तोकेका छन्।

यसैगरी डा. आनन्दमोहन भट्टराई भने एकल इजलासको पेसी तोकिएको छ। उनलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकिएको हो।

यसअघि बुधवार प्रधानन्यायाधीश जबराले ५ वटा मुद्दाको पेसी आफ्नो एकल इजलासमा राखेर पेशी तोकेका थिए। उनी बिहीबार भने इजलासमै बसेका थिएनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ