arrow

दार्चुला-तिंकर सडकको अनुगमनमा संसदीय समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
Darchula-1.jpg

दार्चुला। सङ्घीय संसद्को विकास तथा प्रविधि समितिको टोली महाकाली कोरिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको अनुगमनमा आइपुगेको छ। शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली आएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार टोली अहिले ब्यास गाउँपालिकाको छाङ्गरुमा ओर्लिएको छ । ‘उहाँहरु सेनाले निर्माण गरिरहेको सडकको निरीक्षणमा आउनु भएको हो,’ प्रजिअ जोशीले भने, ‘अहिले छाङ्गरुका स्थानीयसँग कुराकानी गरिरहनु भएको छ ।’

टोली दिउँसो सदरमुकाम खलङ्गा फर्किनेछ । बझाङको चैनपुर, खप्तड हुँदै साँझ सुर्खेत फर्किने कार्यक्रम रहेको छ । समितिको टोलीले तिंकर सडकको अनुगमन र ब्यास गाउँपालिका–१ छाङ्गरुका स्थानीयसँग विविध विषयमा छलफल गर्ने छ ।  

छाङ्गरुबाट फर्किदा ब्यास गाउँपालिका–४ स्थित सुन्सेरामा नेपाली सेनाको बिओपिबाट सडक निरीक्षण गर्ने कार्यक्रम छ । एक सय ३४ किलोमिटर दार्चुला–तिंकर सडकको ८७ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलिरहेको छ । खलङ्गा देखि सुन्सेरासम्म अहिले ४४ किमि ट्र्याक खुलेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ