आगामी निर्वाचनमा नेपाली जनताले काँग्रेसलाई स्पष्ट बहुमत दिनेछन् : डा. महत
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
1.3k
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने बताएका छन् । सोमबार डा महतले यस्तो बताएका हुन् ।
डा महतले भने, 'आगामी आम निर्वाचन यही सरकारले गर्छ र नेपाली जनताले काँग्रेसलाई स्पष्ट बहुमत दिनेछन् ।' उनले आमनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिए । उनले पार्टीको अधिवेशन लोकतन्त्रको आन्तरिक पद्धति भएकाले यसलाई प्रतिस्पर्धाको रूपमा नलिन आग्रह गरे।
पछिल्लो समय पाटीको अधिवेशनमा देखिएको गुटलाई लक्षित गर्दै “केही साथीहरूले पार्टीको अधिवेशनलाई जीवन मरणको लडाइँ ठानेका छन् । यो दुर्भाग्य हो” उनले भने । “म ठिक र अरू गलत भन्ने प्रवृत्ति त्याग्नुपर्छ । गालीगलौजको भाषा पार्टीलाई मान्य हुनेछैन । सहिष्णुता र सद्भाव कायम गर्नुपर्छ”, उनले भने “पार्टीको अधिवेशन एकताको लागि र आमनिर्वाचन विपक्षीसँगको प्रतिस्पर्धाका लागि हो भनेर सबै लाग्नुपर्ने उनले बताए ।