मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न विश्वका ८० राष्ट्रको प्रतिबद्धता
एएफपी,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
822
Shares
ग्लास्गो । सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र युरोपीय सङ्घको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिविद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र युरोपीय सङ्घको प्रतिज्ञामा हस्ताक्षर गरेका युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मङ्गलवार बताए ।
“सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरित गृह ग्याँस काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,” भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताए ।