इराकी प्रधानमन्त्री अलकादिमीको हत्या प्रयास, छ सुरक्षाकर्मी घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
637
Shares
काठमाडौं । इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीको हत्या प्रयास भएको छ । राजधानी बगदादस्थित उनको घरमा उनको हत्या प्रयास भएको हो ।
उनीमाथि विष्फोटक पदार्थ राखिएको ड्रोनले आक्रमण गरिएको बीबीसीले लेखेको छ । उनलाई अस्पताल लगिएको छ ।
उनले समाजिक संजाल ट्वीटरमार्फत इराकका लागि सबैलाई शान्त र संयम रहन अपील गरेका छन् । अधिकारीहरुका अनुसार प्रधानमन्त्री कादिमीको सुरक्षामा खटिएका ६ जना घाइते भएका छन् ।