arrow

बन्द रहेको भृकुटी कागज कारखानामा पुरुषको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
gaidakot-brikuti.jpg

गैँडाकोट । गैँडाकोट २ मा बन्द अवस्थामा रहेको भृकुटी पल्प एन्ड पेपर लिमिटेडमा आज एक जना पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

गैँडाकोट वडा नम्बर ५ बस्ने अन्दाजी २४/२५ वर्षका प्रकाश कुमालको शव फेला परेको हो । स्थानीयका अनुसार कुमाल कार्तिक १५ गते राती ११ बजे साथी सङ्ग घर बाट निस्केका थिए । 

कुन प्रायोजनले उनी बन्द कारखानामा गएको भन्नेबारेमा अनुसन्धान भइरहेको गैँडाकोट प्रहरीले जानकारी दिएको छ ।

बन्द रहेको कारखाना भित्र यसरी सब भेटिनुले स्थानीयमा त्रास छाएको छ । गाउँ बस्ती को बिभागमा रहेको कारखाना भित्र ठुलो जङ्गल बनेकोले उक्त स्थानमा विभिन्न खालकामा अपराधी क्रियाकलाप हुने गरेको स्थानीयले बताएका छन् । 

कारखाना २०६७ फागुन १९ गतेदेखि व्यवस्थापन पक्षले एकलौटी ढङ्गले सूचना टाँसेर बन्द गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ