arrow
ADVERTISEMENT

प्रधानन्यायाधीश जबराले तोके ६ वटा इजलास, नेपाल बारले भने आन्दोलनलाई थप कडा बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
supreme-court-long.jpg

काठमाडौं । राजीनामा नदिने अडानमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि आफूसहितको इजलास तोकेका छन्।

यसअघि आफ्ना लागि इजलास नतोकेका जबराले सोमबार भने न्यायाधीश कुमार चुडाल रहेको संयुक्त इजलास तोकेका हुन् । तिहार विदापछि उनले पहिलो इजलास तोकेका हुन् ।

सोमबारका लागि जबराले सबै सबै इजलास बन्दी प्रत्यक्षीकरणको मात्र तोकेका हुन् । कुल ६ वटा इजलास तोकिएकोमा ७ वटा मुद्दा सुनुवाइका लागि पेसीमा चढेका छन् ।

सोमबार विश्वम्भरप्रसाद श्रेष्ठ र मनोज कुमार शर्मा, बमकुमार श्रेष्ठको एकल इजलास तोकिएको छ । कुमार चुडालको पनि एकल इजलास छ । त्यस्तै प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको साथै तेज बहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ।

यता, नेपाल बार एसोसिएसनले भने आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रधानन्यायाधीको राजीनामा माग राख्दै बारले विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको हो । बारले आन्दोलनलाई थप कडा बनाउन देशभरिका बार इकाइसँग छलफल गर्ने र विरोधका कार्यक्रम यथावत राख्ने जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ