प्रधानन्यायाधीशले तोकेको इजलासमा न्यायाधीश चुँडाल सहभागी : अरू न्यायाधीश छलफलमा
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
354
Shares
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको सोमबारको इजलासमा न्यायाधीश कुमार चुँडाल बसेका छन्।
अन्य न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध छलफलमा बसेका बेला न्यायाधीश कुमार चुँडाल भने मुद्दाको सुनुवाइमा सहभागी भएका हुन्।
न्यायाधीश चुँडालको इजलासले भने एक बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका थिए। जसमा चार वटा संयुक्त र दुई वटा एकल इजलास छन्। प्रधानन्यायाधीशले तोकेको इजलासमा न्यायाधीश चुँडालसँगको संयुक्त इजलास पनि छ। सो इजलास बन्दी प्रत्यक्षीकरण नै सम्बन्धित छ।