arrow

प्रधानन्यायाधीश जबराले तोके इजलास, एकैदिन २९८ पेशी, आफूले पनि सात वटा हेर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
supreme-court-nepal.jpg.jpeg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार नियमित पेशी तोकेका छन् । उनले विभिन्न इजलासमा २९८ वटा पेशी तोकेका छन् । आफूले मात्रै सात वटा पेशी हेर्ने भएका छन् । 

जबराको राजीनामा माग गर्दै भएको आन्दोलनले गर्दा न्यायालय लड्खडाएको अवस्थामा जबराले मंगलबार नियमित पेशी तोकेका हुन् । विगत १५ दिनदेखि अदालतको न्याय सम्पादन ठप्प रहेका अवस्थामा जबराले मंगलबार नियमित पेशी तोकेका हुन् । 

प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको आरोप लगाउँदै न्यायकर्मीहरु आन्दोलित भएसँगै १५ दिनदेखि सर्वोच्च अदालतको काम कारबाही ठप्प रहेको थियो ।  

जबराले भने राजीनामा नदिने अडान लिएका छन् । आन्दोलनमा रहेका न्यायाधीशहरुले आफ्नो प्रस्ताव अस्वीकार गरेसँगै उनले वैधानिक बाटो रोज्ने रणनीति लिँदै मंगलबारदेखि नियमित पेशी तोकेका हुन् । 

वैधानिक बाटो भनेको संसदले दिने निर्णय हो । जुन तत्काल सम्भव नदेखिने लक्षण पाएसँगै जबरा अगाडि बढेका छन् । संसदबाट प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन दलहरु तयार छैनन् । दलहरुले साँधेको मौनताप्रति नागरिक समाज भने आक्रोशित हुँदै गएको छ । 

जबराले मंगलबारदेखि आम नागरिकको न्याय पाउने अधिकार कुण्ठित हुने भन्दै नियमित पेशी तोकेको जनाइएको छ । 

यता नेपाल बार एसोसिएसन भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने जनाएको छ । मंगलबार बिहान पनि बारले सर्वोच्चमै पुगेर आन्दोलन गर्ने जनाएको छ । 

कसको इजलासमा को को र कति पेशी ?

इजलास नम्बर १ मा न्यायाधीशद्धय दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासका लागि २६ वटा पेशी तोकिएको छ । त्यस्तै इजलास नम्बर २ मा न्यायाधीशद्धय मीरा खड्का र कुमार रेग्मीको संयुक्त इजलासमा ४८ वटा पेशी तोकिएको छ । 

त्यस्तै इजलास नम्बर ३ मा न्यायाधीशद्धय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २२ वटा पेशी तोकिएको छ । इजलास नम्बर ४ मा न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा ४४ वटा पेशी तोकिएको छ ।  

इजलास नम्बर ६ मा न्यायाधीशद्धय डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा २८ वटा पेशी तोकिएको छ । 

त्यस्तै इजलास नम्बर ६ मै न्यायाधीशद्धय डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलासमा एउटामात्र पेशी तोकिएको छ । उक्त मुद्दा लिलाम मुचुल्का सम्बन्धमा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स लिमिटेडसमेतको रहेको छ । 

इजलास नम्बर ७ मा न्यायाधीशद्धय अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासका लागि ३२ वटा पेशी तोकिएको छ ।   

इजलास नम्बर ९ मा न्यायाधीशद्धय सपना प्रधान मल्ल र वमकुमार श्रेष्ठको संयुक्त इजलासका लागि ५४ वटा पेशी तोकिएको छ ।

इजलास नम्बर १० मा न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासका लागि ३६ वटा पेशी तोकिएको छ ।

त्यस्तै पूर्ण १ इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७ वटा पेशी हेर्नेछन् ।    


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ