arrow

एमाले सुदूरपश्‍चिम प्रदेश कमिटीको बैठक अवैध र अमान्य : भीम रावल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Bhim-Rawal.jpg.jpeg

काठमाडौं । एमालेका उपाध्यक्ष भीम रावलले आज मंगलबार हुने भनिएको सुदूरपश्‍चिम प्रदेश कमिटीको बैठक अवैध र अमान्य हुने ठहर गरेका छन् ।

बैठक १० बुँदे सहमति र त्यसको कार्यान्‍वयनका लागि जारी अन्तर पार्टी निर्देशन (अपानि) १२ विपरीत भएको उनको भनाइ छ ।

रावलले सामाजिक संजालमार्फत बैठकको विरोध जनाएका छन् । रावलले बैठक नै अवैध भएकोले निर्णय पनि अवैध र अमान्य हुने उनको भनाइ छ । उनले अपानि १२ झापामा लागू हुने तर, सुदूरपश्‍चिममा किन लागू नहुने भन्‍दै प्रश्न गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘आज हुने भनिएको कथित सु.प.प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’



नयाँ