arrow

महाकाली नदीमा बेपत्ता जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
dhami-pariwar.PNG

दार्चुला । गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 

बुधवार जिल्ला सदरमुकाम खलङ्गामा एक कार्यक्रमका बिच सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता धामीका परिवारलाई फारवेष्ट राईडर्स कैलालीमार्फत २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमन विक्रम शाहको अगुवाइमा पीडित धामी परिवारका लागि आर्थिक सहयोग सङ्कलन गरिएको थियो । फारवेष्ट राईडर्सका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले नगद २ लाख जयसिंह धामीकी श्रीमती राजन्ती धामीलाई हस्तान्तरण गरेका हुन् । 

जयसिंह धामीकी श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरीको पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरि सहयोग गरिएको अध्यक्ष शाहले बताए । यसअघि नेपाल सरकारले घोषणा गरे अनुसारको १० लाख राहत रकम उपलब्ध गराइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ