arrow

सर्वोच्चमा बिहीबार पनि तोकियो सबै खालका मुद्दामा पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
supreme-court-long.jpg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबार बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोकेका छन् । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीश राणामाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए । सर्वोच्च अदालतमा कात्तिक ८ गतेयता मुद्दाको सुनुवाइ हुन सकेको छैन । बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । 

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ