arrow

टी–२० विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्डबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
t20-world-cup-final-aus-nz-.jpg

काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धी हराउँदै दुवै टिम फाइनलमा पुगेका हुन् । 

न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो । 

फाइनल खेल आइतबार दुबईमा बेलुकी ७ः४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हरायो । अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियाविरुद्ध भने निरीह बन्यो । 

पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले पनि इङ्गल्याण्डलाई ५ विकेटले नै हरायो । 

पाकिस्तान अपराजित थियो । इङ्गल्याण्डले आफ्नो समूहका शुरुआती चार खेल जितेर अन्तिम खेल दक्षिण अफ्रिकासँग हारेको थियो । 

फाइनलमा पुगेको अष्ट्रेलियाले समूह चरणमा इङ्गल्याण्डसँग हार बेहोर्दा दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेशलाई हराएको थियो । 

न्यूजिल्याण्डले पाकिस्तानसँग पराजय बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ