arrow

न्यायिक सुशासन कायम गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
court-news-bb.jpeg

काठमाडौँ । वकालत मञ्च नेपालले न्यायालयको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाको समस्यालाई कानुनकी रूपमा समाधान खोजेर भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट विधि तथा प्रक्रियाको व्यवस्था गर्न माग गरिएको हो ।

न्यायालयको गतिरोध समाधानका लागि जन निर्वाचित सांसद, सरकार, न्याय परिषद्लगायत सम्बद्ध निकायले पहल गर्नुपर्ने मञ्चको ठहर छ । न्यायालयका न्यायाधीशमाथि उठेको सबै खाले प्रश्नको विश्वसनीय र पारदर्शी ढङ्गले अनुसन्धान गर्न र दोषीलाई जबाफदेही बनाउन तथा न्यायालयको विकृति र विसङ्गतिसम्बन्धी छानबिन गर्न सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय छानबिन समितिको सुझाव अक्षरशः कार्यान्वयन गर्न समेत मञ्चले माग गरेको छ ।
      
मञ्चले न्यायाधीश र न्यायालयका विषयमा उठेका टीकाटिप्पणीले न्यायाधीशमाथिको विश्वास र न्यायालयको गरिमामा गम्भीर ठेस पुगेको र यसले कानुनको शासन, न्यायको प्रत्याभूति, लोकतन्त्रको संस्थागत विकास तथा शक्ति पृथकीकरण सिद्धान्तको सुदृढीकरणका लागि न्यायिक सुशासन कायम हुनु अति जरुरी भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ