arrow

सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
supreme-court-long.jpg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रवार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । तर न्यायाधीशहरू इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।
 
प्रधानन्यायाधीश राणाले आठ वटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेन्च नबसेको’ भनेर जनाइएको छ । 

यसअघि न्यायाधीशले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका थिए तर शुक्रवार ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गरेका थिए । 

बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ