arrow

म्याग्दीकी उजेली परियार कालीगण्डकी नदीमा मृत भेटिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
death-1618215084.jpg

पोखरा । कालीगण्डकी नदीमा म्याग्दीकी एक महिला मृत भेटिएकी छन् । 

ती महिला म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवती बस्ने वर्ष अन्दाजी २८ की उजेली परियार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

उनको मृत्युको कारण खुल्न सकेको छैन । कात्तिक २५ गते मध्यान्ह १२ बजे म्याग्दी बेनी नगरपालिका-८ डल्लेपिपल र जिल्ला पर्वत जलजला गाँउपालिका–३ बौरस्थित कालीगण्डकी नदीको बिच ढुङ्गाको खोचमा उनको शव भेटिएको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

उनको मृत्युको सम्बन्धमा अनुसन्धान शुरु गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ