arrow

बाह्र वर्षमाथिका बालबालिकालाई आजदेखि फाइजर खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
vaccine-pfizer-biotech.jpg

काठमाडौं । नेपालमा पहिलो पटक बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । आज (आइतबार) देखि १२ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप दिन थालिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाले कोभ्याक्स सुविधाअनुसार प्रदान गरेको फाइजरको खोप लगाउन थालिएको हो । यो अभियान मंसिर ४ गतेसम्म जारी रहने मन्त्रालयले जनाएको छ । 

१२ वर्ष माथिका आठ प्रकारका दीर्घरोगीहरु जस्तै– मुटु, मिर्गौला, फोक्सो, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी, अङ्ग प्रत्यारोपण गरेका लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई यो खोप दिइने छ । 

यो खोपको दोस्रो डोज आगामी मंसिर २७ देखि पुस २ गतेसम्म दिइने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ