arrow

बुस्टर डोज 'स्क्यान्डल' हो, यो रोक्नुपर्छ- डब्लुएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
who-president-tedros.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले कोभिड-१९विरुद्धको बुस्टर डोज (तेस्रो अथवा थप मात्रा) घोटाला (स्क्यान्डल) भएको बताएका छन् ।

निम्न, मध्यम आय भएका एवं गरिब मुलुकहरूमा दीर्घ रोगी, वृद्धवृद्धाले खोप नपाइरहेका बेला धनी मुलुकहरूले वयस्कलाई लाखौँको सङ्ख्यामा बुस्टर डोज लगाइरहेका बेला डब्लुएचओका प्रमुख गेहब्रेयससले यस्तो भनेका हुन् ।

यसअघि गत अगस्तमै डब्लुएचओका प्रमुख गेब्रेएससले बुस्टर डोज सन् २०२१ को अन्त्यसम्मका लागि रोक्न आग्रह गरेका थिए ।

'गरिब मुलुकहरूमा पहिलो डोज खोप भन्दा बढी धनी मुलुकहरूमा बुस्टर डोज लगाउन थालिएको छ' भन्दै उनले यो तत्काल रोक्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, 'यो स्क्यान्डल हो, तत्काल रोक्नुपर्छ ।'

१०० बढी देशले अझैँ आफ्नो जनसङ्ख्याको ४० प्रतिशत नागरिकलाई खोप लगाइ नसकेको डब्लुएचओले जनाएको छ ।

खास गरी जर्मनी, इजरायल, क्यानडा, अमेरिका, चीनलगायतका देशहरूले भारी मात्रामा बुस्टर डोज लगाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ