arrow

प्रधानन्यायाधीशलाई बारको जवाफ : वार्ताको अर्थ छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
nepal-bar-andolan.jpg

काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई वार्तामा नबस्ने जवाफ दिएको छ।

केहीबेरअघि बसेको नेपाल बार एसोसिएसनको बैठकले प्रधानन्यायाधीशले वार्ताका लागि गरेको आग्रहलाई अस्वीकार गर्ने निणर्य गरेको हो। प्रधानन्यायाधीश जबराले आज विहानै बार एसोसिएसनलाई वार्तामा आएर समस्या समाधानमा अग्रसर बन्न आग्रह गरेका थिए।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामाको विल्प नै नरहेको भन्दै वार्ताको अर्थ नभएको बताए।

‘प्रधानन्यायाधीशको राजीनामा माग गर्दै हामी आन्दोलनमा छौं, वार्तामा बस्ने सम्भावना पनि छैन, वार्ताको अर्थ पनि छैन, राजीनामा नै निकास हो,’ श्रेष्ठले भने।

वर्तमान प्रधानन्यायाधीशका कारण न्यायालय इतिहासमा नै कमजोर बनेको र विचौलियाको विगबिगी बढेको भन्दै उनलाई पदमा राख्न र जोगाउन अब कुनै पनि वार्ताको सम्भावना नभएको श्रेष्ठको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ