arrow

केएमसीको शिविरबाट काठमाडौंको ज्याथाका नौ सय बिरामी लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
kmc-health-camp1211.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याथामा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल व्यायाम मन्दिर, अन्नपूर्ण मिसा पुचः र ज्याथा युवा तथा सामुदायिक विकास क्लवको सह–आयोजनामा काठमाडौं महानगरपालिका २७ नं. वडा कार्यालयले एक दिने शिविर आयोजना गरेको हो ।

स्थानीय अल्वर्ट आइन्स्टाइन स्कूलमा आयोजित शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा ९ सय ६३ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १९८ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १७४ जनाको ईसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ५५ जना विरामी दाँत खोलिएको छ । 

शिविरमा हाडजार्नी तथा नसा, दात, आँखा, प्रसुती तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका बिरामीहरु उपचारका लागि आएका थिए । शिविरबाट ज्याथासहित आसपास क्षेत्रका विपन्न विरामीहरु बढी लाभान्वित भएको आयोजकले जनाएको छ ।

केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ