arrow

केएमसीको निःशुल्क स्वास्थ्य शिविर पनौतीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
kmc-83-1-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको युनिट २ दुवाकोटको प्राविधिक सहयोगमा पनौती नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा पनौती स्वास्थ्य चौकीमा सो शिविर भएको हो । 

बृहत स्वास्थ्य तथा प्रजनन् रूग्णताको एकीकृत स्क्रिनिङ र व्यवस्थापन शिविरमा ३८५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७८ जनाको भिडियो एक्सरे, ६७ जनाको ईसीजी गरिएको थियो । २३ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ