arrow

सर्वोच्च अदालतमा फुलकोर्ट बस्ने तयारी, सहमतिमै नियमावली संशोधन गर्ने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउन निर्देशन दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बुधबार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानप्रति सहमति जुटेपछि उनीहरुले प्रधानन्यायाधीशलाई फुलकोर्ट बोलाउन आग्रह गरेका थिए ।

जबराले विहीबार नै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई निर्देशन दिइसकेको प्रधानन्यायाधीशको सचिवालय स्रोतले जनाएको छ ।

विहीबार नै फुलकोर्ट राखेर सर्वोच्च अदालत नियमावली संशोधन गर्ने तयारी गरिएको छ । सकेसम्म सर्वसम्मति र त्यसो हुन नसके बहुमतका आधारमा नियमावली संशोधन गर्ने प्रयास भइरहेको छ ।

नियमावलीमा व्यवस्था भए अनुसार प्रधानन्यायाधीशले पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत गर्नुपर्ने हुन्छ । नियमावली संशोधनका लागि सर्वोच्चका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकबाट निर्णय गर्नुपर्ने हुन्छ ।

जबराविरुद्ध आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच भएको छलफलले नियमावली र कार्यविधि स्वीकृत गर्न फुलकोर्ट बैठक बस्ने बुधबार सहमति भएको थियो ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको कार्यदलको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौद-२०७८ नाम दिइएको छ ।

इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने संकेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ