arrow

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेशी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
courts.jpeg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहिवार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेशी तोकेका छन् । उनले नौवटा इजलासमा पेशी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोकेका छैनन् ।

 तोकिएका पेशीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । इजलासमा पेशी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । 

प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ