arrow

‘सरकारले अदालतलाई युद्धमैदान बनाउन खोज्यो’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
gh8.JPG

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका कानून व्यवसायीहरुले अदालतमा दंगा प्रहरी भित्राएर सरकारले विश्वकै नौलो अभ्यास गरेको बताएका छन् ।

शान्तिपूर्ण धर्ना कार्यक्रममा युद्धमैदान बनाउन खोजेको भन्दै उनीहरुले विरोध जनाएका छन् । विहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रधानन्यायाधीशले अदालत परिसरमा युद्धमा बोक्ने एसएलआर जस्तो हतियार भिराएर प्रहरी पठाएको उनीहरुको भनाइ छ ।

विहीबार बार एसोसिएसनको कार्यालय परिसरमा ‘भिजिलान्ते’को प्रवेशले आफूहरु अचम्मित भएको पनि बताएका छन् । बार अध्यक्ष चण्ढेश्वर श्रेष्ठले विज्ञप्ति जारी गर्दै अदालतभित्र एसएलधारी प्रहरी प्रवेशको औचित्य पुष्टी गर्न सरकारसँग माग गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कानून व्यवसायीहरुले सरकारले आन्दोलनकारीमाथि बल प्रयोग गरेर निर्जलता प्रश्तुत गरेको आरोप लगाए । प्रधानन्यायधीशले राजीनामा नदिएसम्म उनीहरुले राजीनामा नदिने अडान दोहोर्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ