arrow

योगगुरु रामदेव र आचार्य बालकृष्ण तीन दिने नेपाल भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
ramdev-balkrishna-nepal.jpg

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् ।

काठमाडौंस्थित भित्रुवन अन्तार्राष्टिय विमानस्थलमा रामदेव र बालकृष्णलाई उनका अनुयायीहरुले स्वागत गरेका छन् । गतबर्ष नै नेपाल आउने उनीहरुको कार्यक्रम कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

शुक्रबार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन उनीहरु काठमाडौं आएका हुन् ।

रामदेवले भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल भएको र मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्ने जानकारी दिए ।

योगगुरु रामदेवले शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा दुई वटा धार्मिक नेपाली च्यानलको शुभारम्भ गर्ने कार्यक्रम छ ।

गत बर्ष सरकारले घोषणा गरेको नेपाल वर्ष-२०२० सफल पार्न करिब १ हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति, कर्मचारीसहित रामदेव नेपाल आउने कार्यक्रम तय भएको थयो । कोरोना सक्रमण बढेपछि सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेसँगै उनीहरुको भ्रमण पनि स्थगित भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ