arrow

देशभर मौसममा गडबडी,  काठमाडौंंमा थोपा वर्षा, आइतबारदेखि सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
kathmandu-weather-1618277633.jpg

काठमाडौँ । शुक्रवार बिहानैदेखि देशका विभिन्न क्षेत्रमा मौसम प्रतिकुल बनेको छ । अरब सागरमा विकसित निम्न चापीय प्रणालीको प्रभावका कारण मौसम प्रतिकुल हुन पुगेको मौसमविद्ले जानकारी दिएका छन् ।

शुक्रवार बिहान काठमाडौँ उपत्यका लगायत देशका केही ठाउँमा हल्का (केही थोपा) वर्षा भएको थियो । देशभरका धेरै स्थानमा सामान्य देखि पूर्ण बदली रहेको छ ।

मौसमको यो अवस्था आइतबार मध्याह्नबाट मात्रै पश्चिमबाट क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद नीराजन सापकोटाले जानकारी दिएका छन् ।

'अरब सागरमा विकसित निम्न चापीय प्रणालीको सामान्य असर हो, आइतबार मध्याह्नदेखि मौसममा क्रमिक सुधार हुँदै जान्छ,' मौसमविद सापकोटाले भने ।

आइतबारसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

यद्यपि, भारी वर्षा नभई सामान्य हल्का वर्षा हुनसक्ने र खासै वर्षा हुने प्रणाली हाल नदेखिएको मौसमविद सापकोटाले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ