- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। नेपाल र भारतको सम्बन्ध कसैले तोड्न नसक्ने भारतको साहु समाजका राष्ट्रिय कार्यवाहक अध्यक्ष अरविन्द गान्धीले बताएका छन् । शुक्रवार जनकपुरधाममा स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गान्धीले भारत र नेपालको प्राचीन कालदेखि सम्बन्ध रहेको बताए। गान्धीले सामाजिक , सांस्कृतिक , धार्मिक , राजनीति र सुरक्षाको दृष्टिकोणले भारत र नेपालको सम्बन्ध बलियो रहेको बताए ।
लोकतान्त्रिक समाजवाद पार्टीका सहकारी विभागका राष्ट्रिय प्रमुख सञ्जय साहले गरेको स्वागत तथा सम्मान कार्यक्रम मा बोल्दै भारतको साहु समाज राष्ट्रिय कार्यवाहक अध्यक्ष अरविन्द गान्धीले जब देखि भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमन पछि यहाँ पर्यटक को चाप बढेको पनि सुनाए ।
गान्धीले फरक विषयमा बोल्दै भारत सरकारले जसरी भारतको अयोध्यामा राम मन्दिर को निर्माण गर्दै छ त्यस्तै जनकपुरधाम सिता माताको विकास निर्माण गर्दिन भारत सरकार सँग आग्रह गरे। यो पर्यटन को हब हुनसक्छ । जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरमा पर्यटन हब कसरी बनिने यहाँको स्थानीयको पनि सहयोग चाहिन्छ।
त्यस्तै स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको सम्बन्ध सदियोदेखी रहेको बताए । सरकारी हिसाब ले मात्र भारत र नेपाल अलग रहेको छ।
कार्यक्रममा वश्य युवा सङ्घका प्रदेश नम्बर २ का अध्यक्ष राजु साह,लोसपा नेता रामचन्द्र पजियार सहितको उपस्थिति थियो ।