काठमाडौं । ‘ग्लोलब युथ लिडरसीप समिट, २०२१’ काठमाडौंमा शुरु भएको छ ।
ग्लोबल युथ पार्लिमेन्टले आयोजना गरेको कार्यक्रमको शुक्रबार उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्दै शुरुवात गरेका हुन् । विश्वका ४२ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू सहभागी कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
कार्यक्रममा ईमेज च्यानलका सम्पादक राजन कुईंकेलसहित विभिन्न राष्ट्रबाट आएका प्रनिनिधिहरू ग्लोबल लिडरसिप अवार्डबाट सम्मानित भएका छन् । उनले ‘ग्लोबल पिस एण्ड ह्युमन राइट्स’ अवार्ड प्राप्त गरेका हुन् । उपराष्ट्रपति पुनले अवार्ड प्राप्त गरेका प्रतिनिधिलाई बधाई दिए ।