मङ्गलबारे । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् । उनले २२९ मतसहित विजयी बनेका छन्। आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् ।
त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी बनेका छन्। उनीहरूले क्रमशः २४४ र २३५ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भएका छन्। उनहरूले क्रमशः २६७ र २२४ मत प्राप्त गरेका छन्। सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की जिनयी भएका छन्। उनहरूले क्रमशः २७० र २५६ मत प्राप्त गरेका छन्। जिल्लाका अन्य स्थानको समेत मत परिणाम आइसकेको छैन। अन्य स्थानको भने मत गणना भइरहेको छ।
दमौली: नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्वाचन भएका तीन वटा क्षेत्रमा शनिवार मतगणना सकिएको छ । नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका छन्।
यसै गरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन्।
तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भए। आज बिहान सकिएको मत परिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गरे। उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी विजयी भइन। सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी भएका छन्। सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी भए।
प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी भएका छन्।
तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भए। आज बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी भएका हुन्। पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ।
रानाले २३८ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन्।
सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन्। सहसचिवमा केशबहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भएका छन्।
प्रदेश प्रतिनिधिमा तुलबहादुर गुरुङ, रविचन्द्र पौडेल, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवबहादुर आले, शिवशरण वाग्ले र समुन्द्रराम श्रेष्ठ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसै गरी बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम मत प्राप्त गरी विजयी भएका छन् । यसै गरी जुक्तराज वाग्ले, निशादेवी पौडेल, अन्जनकुमार श्रेष्ठ, हीरालाल गुरुङ, सीता कुमाल, डोलबहादुर सुनार निर पुनः गरी विजयी भए।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भए।
यसै गरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन्।
तुलसीपुरः दाङमा काँग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। शुक्रवार भएको मनोनयन दर्ता पश्चात् नौ जना निर्विरोध निर्वाचित भएका हुन । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चूर्णबहादुर चौधरी निर्विरोध भएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारुतर्फकै मधु चौधरी, आदिवासी जनजातितर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुवकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भए। त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु सिद्धिकी निर्विरोध निर्वाचित भएका छन्। उनी क्षेत्र २ (ख) अन्तर्गत छन्।
खस आर्यतर्फबाटै निर्वाचन क्षेत्र १ को (ख)बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका बिना न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। अन्य पदमा भने निर्वाचन हुनेछ। निर्वाचन शनिवार बिहान ९ बजेदेखि तोकिएको छ।
रामपुर (पाल्पा): नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन्। काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रवार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भीमबहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन भएका छन्।
अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधिसमेत चयन भएका छन्। खुल्लातर्फ उमनाथ अर्याल, किशोर पङ्गेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शङ्करबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए।
त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुणकुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसङ्ख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भए।
म्याग्दी: नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधिकारी मतदानबाट चुनिएका छन्। जिल्ला सदरमुकाम बेनीमा भएको सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्विरोध भए पनि उपसभापति, सचिव, सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो।
शनिवार बिहानसम्म सार्वजनिक भएको मत परिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिमा हीराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र धु्रुवराज कार्की निर्वाचन हुनुभएको निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले बताए।
४५ वटा वडाको अधिवेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले मतदान गरेका थिए। उपसभापतिमा विजयी बेनी नगरपालिकाका प्रमुखसमेत रहनुभएका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरेका छन्।
सचिवमा निर्वाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गरे। सहसचिवमा निर्वाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाए। सदस्य र महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन। खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि काँग्रेसको जिल्ला सभापति निर्विरोध निर्वाचित हुनुभएको हो। बेलायती गोर्खा सैनिकका सेवा निवृत्त गर्बुजा विसं २०७० र २०७४ को संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर पराजित भएका थिए।