इलाम प्रदेश सभा दुई ‘ख’को सभापतिमा निश्कल राई भारी मतका साथ विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
665
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा निर्वाचन क्षेत्र २ ‘ख’ को सभापतिमा निश्कल राई विजयी भएका छन् ।
शुक्रबार भएको प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र २(ख) निर्वाचनको शनिबार विहान प्राप्त अन्तिम मत परिणाम अनुसार राई सभपातिमा विजयी भएका हुन् । राईले तीनजना प्रतिष्पर्धीलाई पराजित गरेका हुन् ।
खसेको कुल ३ सय ६१ मत मध्ये राईले १ सय ६१ मत प्राप्त गरेका छन् । यस्तै अर्का सभापतिका उम्मेद्वार श्याम बहादुर कार्कीले ८३ र मन बहादुर बस्नेतले ७३ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेद्वार सुवक श्रेष्ठले १४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै उपसभापतिमा सुरेन पौडेल र बलबहादुर थापा, सचिवमा एघा अर्याल र लोक बहादुर राई, सहसचिवमा सुभाष पौडेल, हेम कुमारी चौहान निर्वाचित भएका छन् ।
सभापतिमा विजयी भएका ३० बर्षीय राई यसअघि कांग्रेस इलामको क्षेत्रीय सहसचिब थिए । प्रखर वक्ता र राम्रो बैचारिक क्षमता भएका उनी काठमाडौंको शंकरदेब क्याम्पसमा स्ववियू निर्वाचनमा पनि सभापतिका प्रत्यासी थिए । नेपाल रेडक्रस सोसाइटी शंकरदेव क्याम्पसका अध्यक्ष समेत रहेका उनी नेपाली कांग्रेस केन्द्रीय समितिको प्रचार विभागका विभिन्न इकाइमा बसेर पनि काम गरेका थिए ।