arrow

बार एसोसिएसनले प्रधानन्यायाधीश विरुद्धको आन्दोलन थप चर्काउने, नयाँ कार्यक्रम सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
bar-andolan1.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आइरहेको नेपाल बार एसोसिएसनले फेरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते आइतबारदेखि १० गते शुक्रबारसम्मका लागि बेग्लै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले अदालतभित्र दंगा प्रहरी प्रवेश गराएको भन्दै बारले आइतबार देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरुमा बहस पैरवी नगर्ने, सोमबार देशभरका अदालतहरुमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना र जुलुसलाई निरन्तरता दिने साथै केन्द्रमा संसदमा रहेका दलहरुलाई संसदीय दलमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

बारका महासचिब तथा अधिवक्ता लिलामणि पौडेलद्धारा जारी विज्ञप्तिमा जनाए अनुसार मंगलबार अन्तिम म्यादका बाहेक कुनैपनि अदालत र न्यायधिकरणहरुमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रीट, लिखित जवाफ, बहस केही पनि दर्ता नगर्ने र नगराउने साथै बुधबार देशभरका १८ वटा उच्च अदालत र उच्च अदालतमा रहेका इजलासमा कानून व्यवसायीहरुको बृहत उपस्थितिमा विरोध कार्यक्रम गर्ने घोषण गरेको छ ।

त्यस्तै विहीबार र शुक्रबार भने काठमाडौं उपत्यकाका बार इकाइ सदस्य कानून ब्यवसायीहरुको उपस्थितिमा विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उता मंसिर २४ देखि २६ सम्म पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन भने स्थगित गरिएको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ