arrow

माओवादीको वडा चुनावः तनहुँका ८५ वडामा नयाँ नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
CPN-Maoist-Center-logo.png

दमौली । नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुँवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन भएका हुन् । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ । 

त्यसैगरी शुक्लागण्डकी नगर कमिटीका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिए । वडा नम्बर १ को अध्यक्षमा धर्म नेपाली, वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दीपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवि सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन भएका छन् । 

घिरिङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गोविन्द सुनार, वडा नम्बर २ को अध्यक्षमा नहलसिं विक, वडा नम्बर ३ को अध्यक्षमा कृष्णराज राना, वडा नम्बर ४ को अध्यक्षमा जनक राना, वडा नम्बर ५ को अध्यक्षमा बमबहादुर विक चयन भएको माओवादी गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिए । 

त्यस्तै आँबुखैरनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी, वडा नम्बर २ को अध्यक्षमा बासुदेव थापा, वडा नम्बर ३ को अध्यक्षमा विमलबाबु राना, वडा नम्बर ४ को अध्यक्षमा नेत्र मगर चयन भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ