कांग्रेस नवलपुरका ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा मिश्रित परिणाम
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
1k
Shares
कावासोती । नवलपुरमा शनिबार सम्पन्न ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट मिश्रित परिणाम आएको छ ।
शनिबार राति सम्पन्न मतगणना अनुसार संघिय निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा गोपालप्रसाद सापकोटा, प्रदेश सभा निर्वाचन क्षेत्र ख मा हेमप्रसाद पाण्डे, संघिय निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा रामचन्द्र भण्डारी र प्रदेश सभा निर्वाचन क्षेत्र ख मा कृष्ण तिवारी निर्वाचित भएका हुन् ।
संघिय निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा निर्वाचित सापकोटा रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी समूहका हुन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र खमा निर्वाचित पाण्डे महामन्त्री शशांक कोइराला निकट हुन् ।
संघिय निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा निर्वाचित भण्डारी रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी समूहका हुन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र ख मा निर्वाचित तिवारी देउवा समूहका नेता विष्णुकुमार कार्की समूहका हुन् ।